विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा आरआरका प्राध्यापक पक्राउ : ५ दिन म्याद थप

काठमाडौं । क्याम्पसकै महिला विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा पक्राउ परेका आरआर क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थपेको छ ।

महानगरीय प्रहरी परिसरले प्राध्यापक आचार्यलाई सोमबार बेलुका पक्राउ गरेको थियो । उनीमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थपिएको र थप अनुसन्धान भइरहेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार