चन्द्रागिरिको बलम्बुमा ढलमा खसेर एकको मृत्यु

काठमाडौं । काठमाडौंको बलम्बुमा ढलमा खसेर एक पुरूषको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडक किनारमा खुला छोडिएको ढलमा एक पुरूष मृत फेला परेका हुन्। स्थानीयले मंगलबार बिहान साढे आठ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक स्याङ्जा वालिङ नगरपालिका घर भई सोही ठाउँ बस्ने आन्दाजी २८ वर्षीय देवबहादुर थापा हुन्। महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक(डिएसपी) घनश्याम श्रेष्ठका अनुसार उनी १० फिटको ढलमा खसेका थिए। गएराति नै उनी ढलमा खसेको आशंका गरिएको छ।

ढल खुल्लै थियो। उनले मापसे पनि गरेका थिए। त्यसैक्रममा उनी ढलमा खसेको हुनुपर्छ,उनले भने,उनको टाउको र जिउ ह्युमपाइपमा बजारिएको देखिन्छ।

उनका अनुसार ती पुरूषमा अन्य कुनै चोटपटक देखिएको छैन। प्रहरीका अनुसार उनी फर्निचरमा काम गर्ने गर्थे।प्रारम्भिक अनुसन्धानपछि प्रहरीले शवको पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार