तनहुँमा लागूऔषध कारोबारी पक्राउ

पोखरा । तनहुँमा लागूऔषध कारोबारी समातिएका छन् । भानु नगरपालिका, २ नारेश्वरटारमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनलाई पक्रेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँकै खुर्सानीबारी बस्ने अन्दाजी २७ वर्षीय भरत तामाङलाई चेकजाँच गर्दा निजको साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन थान २० गरि जम्मा ६० थान लागूऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार