बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति करिब १२ बजे काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर बोक्से खोल्डोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ मुनाका २९ वर्षीय केस पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सहचालक भने सकुशल छन् । ट्याक्टर मध्यपहाडी लोक मार्गको बोक्से खाल्डेदेखि करिब १ सय ५० मिटर तल खसेको बताइएको छ । मृतक चालकको शव पोस्टमार्टका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार