सप्तरीमा रोकिराखेको ट्याक्टरमा सुमो गाडी ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । सप्‍तरीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुष रहेका छन् । उनको नाम, थर र वतन भने नखुलेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजबिराजमा मृत्यु भएको हो । दुर्घटनामा सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ का ३४ वर्षीय टेकबहादुर दर्जी घाइते छन् । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भैरहेको छ । सुमो, ट्याक्टर र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार