फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई पक्राउ

ललितपुर । प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् ।

उनीहरुबारे जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले फेसबुकमा विभिन्न इलेक्ट्रोनिक समानहरु कम्प्युटर, मोवाइल, घडी, ल्यापटप क्यामेरा लगायतका सामान बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि फेसबुकमा विज्ञापन राखि विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम डिपोजित गर्न लगाउने र त्यसरी रकम जम्मा भएपछि सम्पर्कविहिन भइ समान समेत डेलिभरी नगर्ने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसक्रममा उनीहरुले एक करोड रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार