एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एकजना पक्राउ

काठमाडौं । काठमाडौंमा एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार राति नागार्जुन नगरपालिका-२ ठूलोभर्‍याङ्गस्थित एनआइसी एसिया बैंकको एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो।

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक छन्।

उनलाई प्रहरीले आइतबार राति नै पक्राउ गरेको थियो। यसमा संलग्न अर्का साथी फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार