दैलेखमा भाउजु कुटेर भाग्ने क्रममा लडेर देवरको मृत्यु

दैलेख । दैलेखमा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका–३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ गालामा हिर्काएर भागेको दैलेख प्रहरीले जानकारी दिएको छ।

घरदेखी भागेर जाने क्रममा बाटोमा लडेर घाईते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल उपचारका क्रममा देवरको मृत्यु भएको दैलेखले जनाएको छ। गम्भिर घाईते पदमाकुमारी शाहीको जिल्ला अस्तपालमा उपचार भईरहेको छ। शनिबार राती कपिन्द्रले घरायसी झगडा हुँदा भाउजुमाथि कुटपित गरेका थिए। घटनास्थलमा प्रहरीले पुगेर छानविन समेत गरेको ठाटीकाँधका प्रहरी हवल्दार भरतबहादुर थापाले बताए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार