काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला

काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला परेका छन्।सोमबार बिहान टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत फेला परेका हुन्।

मृतक सिन्धुपाल्चोक घर भई गेष्ट हाउसको काउन्टरमा कार्यरत आन्दाजी ४० वर्षीय राज कार्की रहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) रोशन खड्काले जानकारी दिए। गेष्ट हाउसका अन्य कर्मचारीले बिहान ५ बजे काउन्टरमै कार्की मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्कालै प्रहरीको टोली घटनास्थल पुगेको डिएसपी खड्काले बताए। उनका अनुसार घटना शंकास्पद छैन। उनले मापसे धेरै गर्ने गरेको बुझिन्छ। उनको मृत्यु पनि त्यही कारणले भएको देखिन्छ,उनले भने,घटना शंकास्पद देखिन्न । उनको शव पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। थप कुरा पोष्टमार्टमपछि खुल्ने उनले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार