काठमाडौंको बालकुमारी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौं । काठमाडौंको कोटेश्वर नजिकै बालकुमारी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला परेका छन् । बिहान साढे ९ बजेको समयमा ती पुरुष पुलको मुखमा रिलिङमा डोरी लगाएर झुण्डिएका थिए । उनको मृत्यु भइसकेको छ । अहिले प्रहरी घटनास्थलमा छ ।

स्थानीय बासिन्दाका अनुसार, उनी फोहोर उठाउने काम गर्ने व्यक्ति हुन् । उनलाई स्थानीय बासिन्दा ‘रमाइलो’ नामले चिन्छन् । उनको खास पहिचान भइनसकेको प्रहरीले बताएको छ ।

बिहानभर पुलमा धेरैपटक ओहोर–दोहोर गरेको र उनले डोरीको पासो लगाएर रिलिङमा झुण्डिएको स्थानीय बासिन्दाले देखेका थिए । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्ष बस्नेतले फोहोर उठाउँदै आएको व्यक्ति झुण्डिएको अवस्थामा भेटिएको बताए ।

‘प्रहरी घटनास्थलमा छ, अनुसन्धान गरिरहेका छौं’, डीएसपी बस्नेतले भने, ‘स्थानीयले रमाइलो नामले चिन्ने ती पुरुष धेरैपटक पुलमा ओहोरदोहोर गरेपछि रेलिङमा झुण्डिएको स्थानीयले हामीलाई जानकारी दिएका छन् ।’ प्रहरीका अनुसार, उनी अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेका छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार