नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि,१० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ८ सय ५८ जनाको नमुना परीक्षण गर्दा २ सय ६ पुरुष र १ सय ३३ महिलामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६९ हजार ७ सय ८९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० को मृत्यु भएको छ । भने २ हजार ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार २ सय ४० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार