कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुर, गोदावरी निवासी ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको सोमबार कोभिड–१९ संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाउनुभएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युले स्तब्ध भएको जनाउँदै मन्त्रालयले श्रदाञ्जली अर्पण गर्दै उनको परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार