ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकाको उद्वार

जनकपुरधाम । ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्वार गरिएको छ। सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्वार गरेको हो।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन्। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार