रविभवनबाट लागुऔषधसहित दुई महिला पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। सो ठाउँमा लागुऔषध कारोबार भइरहेको भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो।

पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ की ३७ वर्षीया रिता खड्का र धादिङ थाक्रे गाउँपालिका-९ की २९ वर्षीय अमृता तामाङ छन्। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतका अनुसार रिताबाट सुरूमा ३ सय १२ ग्राम र अमृताबाट ४०४ ग्राम गाँजा र ५ हजार बरामद गरेको थियो।उनीहरू दुबै जना काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ बलम्बुमा डेरा गरी बस्दै आएको एसपी बस्नेतले बताए।

थप अनुसन्धानको क्रममा उनीहरूको कोठा तलासी गर्न प्रहरीको टोली चन्द्रागिरि पुगेको थियो। अमृता तामाङ सुत्ने खाटमुनिबाट प्रहरीले थप लागुऔषध गाँजा ६ किलो ९० ग्राम बरामद गरेको थियो। साथै, ६ लाख ५७ रुपैयाँ समेत बरामद गरेको थियो। उनीहरूबाट प्रहरीले जम्मा ६ किलो ८१६ ग्राम गाँजा र ६ लाख ६२ हजार रुपैयाँ बरामद गरेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार