नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, ६को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ । भने २ हजार १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार २ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार