भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्यान्न सामग्री बरामद

काठमाडौं । भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले फेला पारेको हो।

मंगलबार झापा प्रहरीले दमक-६ बाट सो बराबरको सामग्री बरामद गरेको छ। दमक-६ को एक घर भाडामा लिएर भण्डारण गरिएका ग्लोबल ओरियन्स कम्पनीका विभिन्न खाद्यवस्तुहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ती खाद्य वस्तुहरू काठमाडौं-१६ बालाजुमा दर्ता रहेको ग्लोबल ओयएन्स प्रा।लि।बाट ल्याइएको देखिको छ। तर, ठूलो परिमाणका खाद्यवस्तु फेला पर्दा त्यसको कागजात नभएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

ती सामग्रीसँगै सञ्चालक दमक-६ का जितेन्द्र साह पक्राउ परेका छन्। बरामद भएकामध्ये २२ प्रकारका सामग्रीको बिल नभेटिएको भट्टराईले बताए। अन्य १२ प्रकारका सामग्रीको भने बिल भेटिएको छ। बिल भेटिएका सामग्रीको मूल्य ८७ लाख २६ लाख ५२० रुपैयाँको रहेको छ। बरामद सामग्री राजश्व अनुसन्धान विभाग इटहरीमा बुझाउने तयारी भइरहेको छ,’ भट्टराईले भने। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार