तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा टावर निर्माण गर्दै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा ‘टावर’ निर्माण गर्न सम्झौता गरेको छ । बहुउद्धेश्यीय टावर निर्माण गर्नका लागि नगर विकाससँग तुलसीपुर उपमहानगरपालिकाले काठमाडौंमा सम्झौता गरेको हो ।

सम्झौताअनुसार अब टावर निर्माण गर्न नगर विकास कोषले ७० प्रतिशत ऋण दिनेछ । २८ करोडमा निर्माण हुने टावरका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने र बाँकी ३० प्रतिशत रकम उपमहानगरपालिको आफै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

तुलसीपुर मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिन ‘टावर’ले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । ‘तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माण गरि यहाँको व्यापार व्यवसायको विकास गर्ने हाम्रो उदेश्य हो’ उनले भने । उपमहानगरपालिकाले उत्तरतर्फ सँगै रहेको पुरानो तरकारी बजार भएको ठाउँमा उक्त टावर निर्माण गर्ने तयारी गरेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार