एक लाख बढीको रिचार्ज कार्ड चोरी गर्ने एक किशोर पक्राउ

दाङ । एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ४ श्रीबारी बस्ने १८ वर्षीय ईन्द्र गिरीलाई रिचार्ज कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

डिएसपी रिजालका अनुसार माघ १ गते राति बंगलाचुली ३ कमिरेचौर कमलाल पौडेलले सञ्चालन गरेको दाजुभाइ जनरल स्टोरबाट गिरीले ती रिचार्ज कार्ड चोरी गरेका थिए।

पौडेलले एनटिसी र एनसिएलको गरी करिब एक लाख बराबरको रिचार्ज कार्ड र नगद २० हजार रकम चोरी गरेको भन्ने लिखित जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

त्यसपछि प्रहरीले चोरी भएका रिचार्ज कार्डको सिरियल नम्बरको आधारमा सम्बन्धित दूरसञ्चार कार्यालयसँग समन्वय गरी गिरीलाई पक्राउ गर्न सफल भएको डिएसपी रिजालले बताए।

‘चोरी गरी गिरीले बेचेका रिचार्ज कार्ड अरूलाई बेचे,’ डिएसपी रिजालले भने, ‘ती रिचार्ज कार्ड अरूले प्रयोग गरेपछि त्यसैको आधारमा हामीले गिरीलाई पक्राउ गर्न सफल भएका हौं।’

दूरसञ्चारको सहयोगमा रिचार्ज कार्ड प्रयोग गर्ने व्यक्तिलाई ती रिचार्ज कार्ड कहाँबाट खरिद गरेको हो रु भनेर अनुसन्धान थालेपछि गिरी पक्राउ परेको रिजालले बताए। गिरीलाई प्रहरीले मंगलबार दिउँसो घरबाटै पक्राउ गरेको थियो।

गिरी पक्राउ परेपछि उनको कोठा खान तलासी गर्दा चोरी लगेका झन्डै ६२ हजार बढीको रिचार्ज कार्ड र ताल्चा फोर्न प्रयोग हुने औजार समेत बरामद भएको प्रहरीले जनाएको छ।

अन्य रिचार्ज कार्ड भने गिरीले विक्री गरिसकेको अनुसन्धानबाट खुलेको डिएसपी रिजालले बताए। यसअघि पनि गिरीले पटकरपटक चोरी गर्ने गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको छ,’ रिजालले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं।’सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार