जन्मदिनमा शान्तिकोषलाई ५० हजार रुपैयाँँ सहयोग

म्याग्दी। म्याग्दीको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनको अवसरमा जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषकाे गरिव विरामी उपचार अक्षयकोषका लागि  ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले  आइतबार  एक कार्यक्रमका विच कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

 

कोषका अध्यक्ष शाक्यले जलजला गाउँपालिका–७ पर्वत निवासी सहयोगदाता आचार्यलाई संस्थाको पहिलो गोल्ड व्यक्तिगत संरक्षक सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । गरिब विपन्नहरुको उपचारमा सघाउन स्थापना गरिएको अक्षयकोषमा अहिलेसम्म १ करोड बढी रकम जम्मा भैसकेको र सहयोगदाताहरु मार्फत प्रतिबद्धता भए बमोजिमको रकम आउने क्रम जारी रहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कोषले २ करोड रुपैयाँ रकमको अक्षयकोष बनाउने घोषणा गरिसकेको छ । गरिब तथा विपन्नहरुको उपचारमा सघाउँदै आएको कोषको रचनात्मक कामबाट प्रभावित बनेर आफुले समेत यस अभियानमा सहभागि हुनपाउँदा आफूलाई खुसि मिलेको सहयोगदाता आचार्यले बताउनुभयो ।

कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी,पत्रकार घनश्याम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष शाक्यको अध्यक्षता,उपाध्यक्ष खम थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव सन्दीप खत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार