रौतहटमा अवैध सालको काठ बरामद

रौतहट । रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ । गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन बन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताए ।

काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा जङ्गलसैयाबाट वन सुरक्षा टोली खटिएको थियो । ठाकुरका अनुसार काठ तस्करीमा संलग्न भने भाग्न सफल भएका छन् । काठ सहितको सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय जङ्गलसैयामा पठाइएको . डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले जानकारी दिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार