महिला उद्यम विकास समिति अध्यक्षमा भण्डारी

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यम विकास समिति अध्यक्षमा लक्ष्मी भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

समितिको आइतबार बेनीमा सम्पन्न ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशनबाट भण्डारीको अध्यक्षतामा  सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको हो ।

बरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिष्णु गरुङ, दिप्तीय उपाध्यक्षमा सृजना भट्टचन, महासचिवमा जानकी विश्वकर्मा, कोषाध्यक्षमा दिलु घताने, सचिवमा प्रमिला श्रेष्ठ, सहसचिवमा गिता शर्मा, सहकोषाध्यक्षमा राधिका सापकोटा निर्वाचित हुनुभएको छ ।

साधारणसभाको उद्घाटन गर्नु हुदै बेनी नगरपालिका उप प्रमुख सन्जु बरुवालले महिलाको समग्र विकासको लागि महिलाहरुलाई आर्थिंक बजारसंग जोड्नु पर्ने बताउनुभयो । महिलाहरुलाई आय आर्जनसंग जोड्न महिला उघम समितिले रचनात्मक कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।                                                     यो पनि…

https://myagdinews.com/2021/01/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95/

कार्यक्रममा उघोग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी लगायतले बोल्नुभएको थियो ।
समितिको अध्यक्ष सुनिता केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव बिष्णुकुमारी गुरुङलेे गर्नुुभएकाेे थियाेे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार