![](https://myagdinews.com/wp-content/uploads/2021/02/nepal-prachanda.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार आमहडताल गर्ने भएको छ । पूर्वनिर्धारित कार्यक्रमलाई परिमार्जित गर्दै आमहडताल गर्ने घोषणा गरेको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए ।
सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि पचण्ड–नेपाल समूहले त्यसको विरोधमा आमहडताल गर्न लागेको हो । संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन् । नागरिक खबरबाट