क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन

म्याग्दी। क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार क्षत्री समाज नेपाल जिल्ला कार्यसमिती म्याग्दीको १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट लक्ष्मी कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्णसिँह बानियाँ, द्धितृय उपाध्यक्षमा देबेन्द्र घिमिरे, तृतीय उपाध्यक्षमा कमला जिसी, सचिवमा हेम भण्डारी, कोषाध्यक्षमा याम बानिया, सहसचिवमा धनदेवी भण्डारी र सहकोषाध्यक्षमा भावना क्षत्री रहेका छन् ।

सदस्यहरुमा पुष्पा थापा, पवित्रा बोगटी केसी, सुनिता केसी, सिता कुँवर, सिता केसी, भिमकुमारी भण्डारी, शर्मिला थापा, सुनिल बाँनिया, बिनोद जिसी सर्बसम्मत कार्यसमितिमा चयन भएको निर्वतमान अध्यक्ष विरबहादुर थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार