म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै

म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र  बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन हुने भएको हो ।

चैत्र ७ गते धवलागिरी गाउँपालिकाबको मुनास्थित धनजनता मावि, चैत्र ६ गते रघुगंगा गाउँपालिकाको भगवती,चैत्र ७ गते मंगला गापाको केन्द्र बावियाचौर, चैत्र ८ देखि १० गतेसम्म मालिका गापाको दरबाङ, चैत्र ८ गते छिमेकी पर्वतको जलजला गाउँपालिका र बेनी अस्पतालमा चैत्र १४ र १५ गते शिविर सञ्चालन गरिने लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुन लोकेशले बताउनुभयो ।

‘लायन्स क्लको कार्यक्रम अन्र्तगत दुर्गम गाउँका आँखा विरामीलाई लक्षित गरेर निशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गर्न लागिएको हो ,’उहाँले भन्नुभयो। गाउँका शिविरमा भेटिएका जटिल समस्यालाई बेनीमा उपचार गरिन्छ,थप उपचार आवश्यक परे पोखरा पठाउँछौ।’ यस अगाडी पनि लायन्स क्लवमार्फत म्याग्दीमा लगातार निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दु शिविर सञ्चालन गर्ने गरिएको थियो । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको समेत लायन्स क्लवले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार