सहकारी ठगी मुद्दामा मजदुर नेता पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए । परिसर काठमाडौंको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ठगेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । ०७७ मंसिर १९ मा अदालतको फैसलापछि उनि फरार थिए ।

फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा उपस्थित गरिने एसएसपी सिंहले बताएका छन् । ०७४ असार २२ मा अदालतले १ लाख २८ हजार बिगो ठहर गरेको थियो । सो रकम तिर्न आनाकानी गरेपछि अदालतले फेरि उनलाई जेल सजायका फैसला गरेको थियो । सिन्धुलीको घ्याङलेक गाउँपलिका स्थायी घर भएका गौतम मजदुर राजनीतिमा सक्रिय छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार