मोना यूएईद्धारा पत्रकारद्धय कमल खत्री र धिरन खत्री सम्मानित

म्याग्दी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

सञ्चार माध्यममा रहेर विश्वमा रहेका नेपालीमाझ जिल्लाको गतिविधि सम्पे्रषण गर्दै आएका पत्रकारद्धय खत्रीलाई सम्मान गरिएको मोना युएईका अध्यक्ष राम्जालीले बताउनुभयो । मोना युएईको कार्यसमितिको प्रथम बैठकबाट हरेक बर्ष जिल्लामा बसेर पत्रकारीता गर्ने दुईजना पत्रकारलाई सम्म्मान गर्ने निर्णय अनुसार पत्रकारद्धयलाई सम्मान गरिएको थियो ।

समृद्ध साप्ताहिक खवर पत्रिकाका र म्याग्दी अनलाईनका सम्पादक कमल खत्री रासस र नयाँपत्रिका सँवाददाता र म्याग्दी मिडिया सोसाईटीको अध्यक्ष्य समेत हुनुहुन्छु भने कोरलापोष्ट डटकमका प्रकाशक धिरन समृद्ध साप्ताहिक खवर पत्रिका, म्याग्दी अनलाईन र कारोबार दैनिक र एभिन्युज टेलिभिजनको संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लामा हुने बाढी पहिरोबाट पीडित र विरामीहरुको उपचारमा आर्थिक सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार