नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ रहेको छ । देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । निको हुने दर ९८.१ प्रतिशत रहेको छ ।

संक्रमितमध्ये ६५ जना आइसियू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।मन्त्रालयकाअनुसार हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार