पद खोसिएका चार मन्त्रीको सपथ ५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको साँझ ५ बज सपथ ग्रहण राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले रातोपाटीलाई बताए । पुनर्नियुक्ति पाएसँगै उनीहरूले शुक्रबार शपथ लिने भएका हुन् ।

नेकपा (माओवादी) केन्द्रबाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । बिहीबार मात्रै मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले पद गुमेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार