लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए ।

लाहान नगरपालिका ७ को रामकृष्ण चौधरीलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । शंकाको आधारमा पक्राउ गरिएको अर्का व्यक्तिको भने पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ ।

कोठा भाडामा लिएर सुनचाँदी पसल गरेका ४० वर्षीय विश्वकर्मालाई गोली हानी हत्या गरिएको छ । साथै विश्वकर्माको श्रीमती ३७ वर्षीय अमिता विश्वकर्मामाथि पनि लुटेरा समूहले खुकुरी प्रहार गरेका छन् । सप्तऋषि अस्पतालमा उनको उपचार भईरहेको छ ।

विश्वकर्मा दम्पतीले लाहान नगरपालिकोको २३ नम्बर वडाका वडाध्यक्ष कन्हैया गुप्ताको घरमा अमित ज्वेलर्स नामको सनुचाँदी पसल सञ्चालन गरिरहेका थिए । लुटेराहरुले प्रदीपको टाउकोमा खुकुरी प्रहार गरेका र छातीमा दुई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार