सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार