नेपालमा थप १७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार