ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन भएको छ ।

नारायण थापाको अध्यक्षमा २५ सदस्यीय वडा इकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागर सुवेदी, कृष्ण थापा र राजेश नेपाली, सचिबमा मिनबहादुर कार्की सह–सचिवमा समिक खड्का र अनिश सापकोटा कोषाध्यक्षमा धन बहादुर जिसी सह–कोषाध्यक्षमा कमल किसान चयन भएका छन् ।त्यस्तै मिना शर्माको अध्यक्षमा ११ सदस्यीय महिसा संघ वडा समिति पुनगर्ठन भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरले सरकारले नयाँ पदाधिकारीहरुलाई बधाई दिदै उहाँले वर्तमान कम्युनिष्ट सरकारले जनतालाई विभिन्न बाहनामा धोका मात्र दिँदै आएको बताउँदै सरकारले गरेका गलत क्रियाकलापको विरुद्धमा सबै एक हुनुपर्ने बताउनुभयो । ‘हामीले आश्वासन दिएर जनताबाट मत बटुल्ने प्रयास गर्दनौ,‘निरन्तर जनताको माझमै रहेर पार्टीका अभियान सञ्चालन गर्नेछौ’ गर्बुजाले भन्नुभयो ।

सोही अवसरमा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले जनताको बलिदानबाट प्राप्त संविधानलाई समेत च्यात्ने प्रयास भएको बताउँदै संविधानको रक्षाका लागी कांग्रेसले निरन्तर खवरदारी गरेको बताउनुभयो । कार्यक्रममा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत , नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, पार्टी उपसभापती माधब रेग्मी, पार्टी सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, क्या. मिन बहादुर कार्की नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस वडा सभापती क्षत्र बहादुर थापाको अध्यक्षता र सचिव याम बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार