५१७ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार