५३४ जना कोरोना संक्रमित थपिए ,५को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।         

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार