कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्री शाहीको पद जोगियो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । एमालेले समर्थन फिर्ता लिएपछि उहाँले आज विश्वासको मत लिनुभएको हो । माओवादी केन्द्र, कांग्रेस र एमालेका माधवकुमार नेपाल समूहले शाहीको पक्षमा मतदान गर्दा मुख्यमन्त्री पद जोगिएको हो ।

नेपाल समूहका प्रकाश ज्वालाको नेतृत्वमा एमालेका कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्नुभएको थियो। ४ जना सांसद्ले फ्लोर क्रस गरेर मतदान गरेका हुन् । शाहीको पक्षमा २२ र बिपक्षमा १५ मत परेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार