भारतको कर्नाटकमा १४ दिन कर्फ्यू घोषणा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको कर्नाटकको सरकारले १४ दिन कर्फ्यू घोषणा गरिएको छ । सोमबार कर्नाटकका उप-मुख्यमन्त्री अश्वत नारायणले मंगलबारदेखि लागू हुने गरी कर्फ्यू घोषणा गरेका हुन् । यो प्रतिबन्ध मे १० सम्म जारी रहने समाचारमा उल्लेख छ ।

मंगलबार बेलुका ९ बजेदेखि कर्फ्यू सुरु हुनेछ । यो अवधिमा बिहान ६ बजेदेखि राति १० बजेसम्म अत्यावश्यक सेवालाई मात्र अनुमति दिइने उप-मुख्यमन्त्री नारायणको भनाई छ । कर्नाटकको सरकारले खेतीसँग सम्बन्धित कार्य र उत्पादन तथा संरचना निर्माणको कामलाई पनि सीमितरुपमा अनुमति दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै भारतको गुजरातमा पनि कोरोना संक्रमण बढेसँगै विभिन्‍न २९ सहरमा रात्रीकालीन कर्फ्यूको निर्णय गरिएको छ । जसअनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइनेछ । बुधबारदेखि सुरु हुने यो कर्फ्यू मे ५ सम्म जारी रहनेछ । गुजरातका २० सहरमा यसअधि नै कर्फ्यू लगाईसकेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार