कोरोना संक्रमणबाट भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सार्दनाको मृत्यु भएको छ । उनलाई एक साताअघि संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ ।

४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थिए । तर, उनको स्वास्थ्य एक्कासी बिग्रिएको थियो । उनका सहकर्मी तथा वरिष्ठ पत्रकार राजदीप सरदेसाईले उनको मृत्युको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भारतमा कोरोना संक्रमितका बिरामीले अक्सिजन समेत नपाउने अवस्था छ । शुक्रबारको तथ्याङकअनुसार २४ घन्टामा तीन लाख ८६ हजारमा संक्रमण भएको छ । दैनिक ३ हजार भन्दा धेरैको मृत्यु भइरहेको समाचारमा जनाइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार