आगलागी परी दुई जनाको मृत्यु

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तिमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको आगलागी परी दुई जनाको मृत्यु भएको हो ।

घरमा आगलागी हुँदा घरधनी ७८ वर्षीय धनबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार आगोलागी भएको थाहा पाउँसाथ त्यही घरमा सुतेको मृतक दम्पतीको माइलो छोरा मनोहर कार्की झ्यालको ग्रिल फोरेर हाम फालेका थिए ।

मनोहर र नजिकै घर भएका ज्वाँइ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छेरीलाई निकाल्न सफल भएको प्रहरीले जनाएको छ । आगो कसरी लागो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । आगो लाग्नुको कारण पत्ता लागेको छैन ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार