धवलागिरी गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यालय ,वडा र बिषय गत सेवा केन्द्रका कार्यालयहरु बन्द हुने भएका छन् । गाउँपालिका भित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका ,साटै वटा वडा र सेवा केन्द्रका कार्यालयको अत्यावश्यक बाहेकका सेवाहरु विहिबार (२३ गते) देखी अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार धवलागिरीका ताकम र लुलाङ कोरोना हटस्पट बनेका छन् । हाल सम्म ६ जना कोरोना संक्रमित होमआइसोलेशनमा छन् भने तीन जना संक्रमित बेनीमा रहेका छन् । बुधबार मात्र एन्टिजेन विधिबाट नमुना परिक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्डको पालन गरेर कोरोना रोकथाम तथा व्यवस्थापन अभियानमा सहयोग गर्न समेत अध्यक्ष पुनले अपिल गर्नुभएको छ ।

कोरोना रोकमथा तथा नियन्त्रण लागि स्वास्थ्य मापदण्ड पालना गराउन सघाउन वडाका जनप्रतिनिधि ,युवा क्लब,आमा समुह र रेडक्रसकर्मीहरुलाई उहाँले आह्वान गर्नुभएको छ ।गाउँपालिकाले बैशाख १४ गतेदेखि विद्यालय बन्द गराएको छ । साथै ,गाउँपालिकामा यातायातका सवारी साधन सञ्चालनमा पनि रोक लगाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकाको वडा नम्बर ७ ताकममा ५ शयाको कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ । यता जिल्लाको बेनी नगरपालिकामा २२ गते राति १२ बजेदेखी बैशाख ३१ गते सम्म लकडाउनको घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार