माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिनुभयो ।

माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको केसीले जानकारी दिनुभयो । घटना थाहा पाएपछि स्थानीयको सक्रियतामा उनीहरुको मृत अवस्थामा उद्धार गरिएको केसीले बताउनुभयो ।

आमा छोराको दुख घटनाले सिंगो गाउँनै शोकमा परेको छ । स्थानीयहरुले घर पोत्नका लागि गाउँ नजिकैको ओढारबाट माटो निकाल्दै आएका थिए । ‘गाउँमा दुखद घटना भयो, माटो निकाल्ने क्रममा यस्तो घटना भएछ,’ केसीले भन्नुभयो । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार