मास्क नलगाउने ६६ जना प्रहरीको कारबाहीमा

बेनी । जिल्ला प्रहरी कार्यालय म्यादीले स्वास्थ्य मापदण्ड उल्लघंन गर्ने ६६ जनालाई कारबाही गरेको छ । बेनी बजारमा मास्क नलगाएर हिड्ने हिड्ने ६६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सचेतनामुलका कार्यक्रममार्फत मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि मास्क नलगाउनेलाई नियन्त्रणमा लिने अभियानको पहिलो दिन बेनीबजारका विभिन्न स्थानबाट प्रहरीले समातेर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।उहाँका अनुसार मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर संक्रामक ऐन अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर सम्झाई बुझाई गरेर पठाउने गरिएको छ ।


खल्तीमा मास्क बोकेर पनि नलगाउनेलाई समेत कारवाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । मास्क लगाउन अटेरी गर्नेलाई थप कारवाही समेत गरिने प्रनाउ राईको भनाई छ ।बेनीको बिरेन्द्रचोक र बेनीबजार प्रवेश गर्ने कालिपुलमा होल्डिङ सेन्टर राखेर जिल्ला प्रशासन कार्यालयमा जरिवाना तिरेपछि मात्रै छोड्ने गरिएको छ ।

प्रहरी मास्क किन्ने पैसा समेत नभएकालाई मास्क समेत वितरण गरेको थियो। सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा ५ सय ४१ जनालाई मास्क वितरण गरिएको थियो । यसैबीच कालिपुल बसपार्कमा रहेको सूचना केन्द्रमा स्थापना गरिएको होल्डिङ सेन्टरमा जिल्ला बाहिरबाट आउने २ सय ७६ जनाको नाम दर्ता गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार