‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’ (तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो ।

भिडिओ…

कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्याग्दीको बेनीमा माउण्टेन बाइकको एड्भेन्चर प्रालि स्थापना हुनु पर्यटन प्रवद्र्धनको एउटा आयाम थपिएको बताउनुभयो । उहाँले यस कम्पनीको स्थापनाबाट म्याग्दी जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुमा साईकल यात्रा गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै यसबाट जिल्लामा पर्यटकीय गतिविधिहरु बढ्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले माउण्टेन बाइकको कम्पनी स्थापना र सञ्चालनसँगै यसले रोजगारको सिर्जना गर्नुका साथै पर्यटन प्रवद्र्धन पनि हुने भएकाले निजी क्षेत्रबाट आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । विश्व साईकल यात्री अजित बरालले माउण्टेन बाइकको यात्रा पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साईकलमा यात्रा गराउनेतर्फ पहल गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, निसीखोला गाउँपालिका–२, बागलुङका वडाध्यक्ष कुविर विश्वकर्मा, बेनपा–९, घतान म्याग्दीका वडाध्यक्ष चक्रबहादुर केसी, बेनपा–२, ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर क्षत्री र कम्पनीका सल्लाहकार टंकप्रसाद शर्माले मन्तव्य व्यक्त गर्दै मोटरसाईकलको तुलनामा माउण्टेन बाइक वातावरणमैत्री भएकाले यसको प्रयोगमा जोड दिनुभएको थियो ।

कार्यक्रम धौलागिरि माउण्टेन बाइक एड्भञ्चर प्रालिका अध्यक्ष सुवास शाहीको अध्यक्षता, उपाध्यक्ष भरत केसीको स्वागत र सचिव प्रेमराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दीको बेनीमा मुख्य कार्यालय स्थापना गरिएको यस प्रालिको बागलुङको बुर्तिबाङमा शाखा कार्यालय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार