भारतमा २४ घण्टामा ३ लाख ८२ हजार जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।

यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । यो पनि एक रेकर्ड हो । एजेन्सी/रातोपााटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार