मकवानपुर । मकवानपुरमा बुधबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ९१ जनाको स्वाबको नमुना परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका ४२ सहित बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका र भीमफेदी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा १७ जना महिला २८ जना पुरुष रहेका छन् । उनका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा १० जना, हेटौँडा–५ का ६ जना, हेटौँडा–१, २ र ६ का ४/४ जना, हेटौँडा–७, ९, १५ र १६ का २/२ जना, हेटौँडा–११ का ३ जना, हेटौँडा १० र १७ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर खुल्न नसकेका एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २१ देखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् । मकवानपुरमा कोरोनाको संक्रमण दर ४८ प्रतिशत रहेको छ । रातोपाटीबाट