बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

संकलित अक्सिजन जिल्ला विपद व्यवस्थापन केन्द्र, माछागढ कोभिड अस्पताल, अस्थाई अस्पताल सानोश्री र आधारभूत नगर कोभिड अस्पताल ठाकुरबाबा लगायतमा वितरण गरिएको छ ।

कोभिड–१९ संक्रमितको उपचारका लागी अक्सिजन अत्यावश्यक मानिन्छ । संकलन गरिएको मध्य ८ थान सिलिन्डर जिल्ला प्रहरी कार्यालयमा रहेको बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार