![](https://myagdinews.com/wp-content/uploads/2020/04/IMG_0487.jpg)
बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा ११ महिला र १७ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी ,म्याग्दीमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ छ । स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका वडा नम्बर ५ का पुरुषको २९ गते साँझ ५ बजेको समयमा बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।