काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उहाँको निधन भएको डा. श्रेष्ठको भनाइ छ । कोभिड १९ संक्रमण भएपछि उहाँलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो । डा. श्रेष्ठका अनुसार उहाँ निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय हुनुहुन्थ्यो । अनलाइनखबरबाट