म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिए,एकको मृत्यु

बेनी । म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २ जना,पर्वतको जलजला ठेगाना भई बेनीमा बसोबास गर्ने २ जना,मंगला गाउँपालिपालिकामा ४ जना ,अन्नपुर्ण गाउँपालिकामा २ र रघुगंगा गाउँपालिकामा १ जना थपिएका छन् । संक्रमित सबै एन्तिजेन विधिबाट परिक्षणमा पहिचान भएका हुन् ।

 

आइतबार मात्र म्याग्दीमा ४२ जना कोरोना संक्रमित निको भएका छन् । म्याग्दीमा अहिले सम्म सक्रिय कोरोना संक्रमितको संख्या ४१५ रहेका छन् । यसैगरी म्याग्दीमा कोरोना संक्रमणबाट थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाकोे बेनी नगरपालिका वडा नम्बर ४ का ५९ बर्षिय कोरोना संक्रमित पुरुषको आइतबार कास्कीको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार