पूर्व आईजीपी बरालको ९३ वर्षको उमेरमा निधन

काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ । मंगलबार साँझ महाराजगञ्जस्थित निवासमा उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताउनुभयो ।

खड्गजीत बरालको ९३ वर्षको उमेरमा निधन भएको हो । बुधवार मध्यान्ह १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एसएसपी कुँवरले बताउनुभयो । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो । उहाँ म्यानमारका लागि पूर्व राजदूतसमेत हुनुहुन्थ्यो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार