
काठमाडौं । बुटवल–पाल्पा सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडक खण्डमा लामो समय देखि सुरुङ मार्ग खन्ने गृहकार्य भइरहेपनि काम अघि बढ्न नसकिरहेको अवस्थामा बल्ल योजनाले सार्थकता पाउने भएको हो ।आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ ।
मन्त्रालयको यो टेन्डर खुलेसँगै मृत्यु मार्गले समेत परिचित बन्न पुगेको बुटवल–पाल्पा, सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङ बन्ने निश्चित भएको छ । गत बर्ष अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भनेको थियो ।
सुरुङमार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्यु भएको भन्दै खुसी ब्यक्त गर्नुभएको छ । उहाँले अब सुरुङमार्ग बनाउने कामको मुखमा पुगेको र अन्तर्राष्टिय स्तरका निर्माण व्यवसायीहरुको सहभागितामा सुरुङ निर्माण कार्य अगाडि बढाइने बताउनुभएमो छ । रातोपाटीबाट